काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका सस्मित पोखरेलले पदबहाली गरेका छन् ।
शुक्रबार नियुक्त मन्त्रीको शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।
पलबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ५ वर्षको पार्टीको १०० वटा वाचापत्र सबै मन्त्रीहरूले पूरा गर्नुपर्ने बताए । उनले मतदाताहरूबाट पाएको मतले आफूहरू निकै संवेदनशील रहेको बताए ।
उनले भने, ‘हामीलाई मतदाताहरूबाट जुन किसिमको मत मिलेको छ, त्यसमा निकै संवेदनशील छौं । जिम्मेवारीबोधको हिसाबले लिएका छौं । ५ वर्षका लागि पार्टीका १०० वटा वाचापत्र छन्, त्यो पूरा गर्नुपर्नेछ ।’
शिक्षा क्षेत्रमा शिक्षकको क्षमता अभिवृद्धि, विद्यालयको पूर्वाधार सुधार, निजी विद्यालयहरूलाई पनि अझ व्यवस्थित बनाउने लक्ष्य रहेको उनले बताए ।
उनले भने, ‘शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू, विद्यालयको पूर्वाधार सुधार गर्नुपर्ने कार्यक्रमहरू, निजी विद्यालयहरूलाई पनि अझ व्यवस्थित बनाउने लक्ष्य छ । शिक्षा क्षेत्रलाई पारदर्शी बनाउने र उच्च विश्वविद्यालयलाई पनि सुधार गर्नुपर्नेछ । विशेषगरी नतिजामा, शिक्षक र क्षमतामा साथै पूर्वाधारमा सुधार गर्नुपर्ने गरी काम गर्नेछौं ।’
बालेन नेतृत्वको सरकारमा शिक्षा र खेलकुदमन्त्री बनेका उनी काठमाण्डु–५ बाट निर्वाचित सांसद हुन् ।




प्रतिक्रिया