बाजुरामा भारी बर्षा र असिनापानी

बाजुरामा भारी बर्षा र असिनापानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – बाजुरामा भारी वर्षा र असिना पानी परेको छ ।

शुक्रबार दिउँसो पौने ३ बजेतिर जिल्लाका ९ वटै स्थानीय तहमा भारी वर्षा र असिना पानी परेको हो ।

हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटरलगायतको तरकारी बालीमा असर परेको हो । यहाँका किसानले हिउँदमा मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षति भएको बडिमालिका–७ का स्थानीय रामचन्द्र उपाध्यायले बताए । गहुँ र जौ बाली असिनाले सखाप पारेको छ । स–साना खोलानालाहरूमा बाढी समेत आएको छ ।

बाजुरामा बर्सेनि असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको छ । असिना पानीले गहुँबालीका साथै फलफूलका बिरुवाहरूलाई समेत असर पुर्‍याएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।