आईपीएलको १९ औँ संस्करण आजदेखि, उद्घाटन खेलमा बैंगलुरु र हैदरावाद भिड्दै

आईपीएलको १९ औँ संस्करण आजदेखि, उद्घाटन खेलमा बैंगलुरु र हैदरावाद भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ ।

उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरु हुनेछ । आरसीबी आईपीएल क्रिकेटको साविक विजेता टोली हो ।

आईपीएल क्रिकेटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आगामी दुई महिनासम्म चल्ने यस प्रतियोगितामा ७४ खेल हुने तालिका छ।

समूह एमा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, आरसीबी र पञ्जाब किंग्स रहेका छन् । त्यस्तै समूह बीमा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट छन् ।

आईपीएलमा सहभागी १० टोलीमध्ये अहिलेसम्म पञ्जाब र दिल्लीमात्र उपाधिविहीन छन् ।

सन् २००८ बाट सुरु भएको आईपीएल विश्वकै सबैभन्दा धनी र लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिग हो।