लेखक पक्राउ परेपछि कांग्रेसले पनि बोलायो आकस्मिक बैठक

लेखक पक्राउ परेपछि कांग्रेसले पनि बोलायो आकस्मिक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्रेपछि नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

शनिबार ११ बजे पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएको भोलिपल्टै जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको हो ।