अमेरिका-इजरायल र इरान युद्धको एक महिना पूरा

अमेरिका-इजरायल र इरान युद्धको एक महिना पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पूरा भएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरान र अन्य इरानी सहरहरूमा संयुक्त आक्रमण शुरु गरेका थिए। जसमा सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमाण्डर र सर्वसाधारणको मृत्यु भएको थियो। इरानलेपनि यसको जवाफमा मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी आधारहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको छ।

युद्धको एक महिनमा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छभने यसले क्षेत्रभर व्यापक विनाश र विश्वभर गम्भीर धक्का पु¥याएको छ।

हर्मुजको जलडमरू मध्य क्षेत्रमा बढ्दो तनावले तेलको मूल्य आकासिएको छ। जसले ग्यासको मूल्य बढाएको छ र एयरलाइन्स तथा ढुवानी कम्पनीको इन्धन लागतमा वृद्धि गरेको छ।

विश्वका विभिन्न भागहरूमा, अमेरिकाका सहरहरूमासमेत इरानमाथिको युद्ध अन्त्य गर्न माग गर्दै विरोध प्रदर्शनपनि भएका छन्। इरानमा सर्वसाधारणसहित ठूलो संख्यामा हताहत भएको छ र धेरै बासिन्दाहरूको जीवनस्तर कष्टकर बन्दै गएको छ।
यी सबै घटनाक्रमका बीच २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यसैबीच, विभिन्नदेशहरू पनि युद्धको चपेटामा परेका छन् र जनधनको क्षति बेहोर्नु परेको छ।

युद्ध क्षेत्रमा शान्ति र समृद्धिको केन्द्र मानिने धारणा अब कमजोर बन्दै गएको छ। यस क्षेत्रका महत्वपूर्ण ऊर्जा पूर्वाधारहरूमा आक्रमण भएको छ, जसका कारण विश्भर ऊर्जा संकट भएको छ ।

ठूलो तनाव बढाउने कदमस्वरूप, इरानले स्टे«ट अफ होर्मुजलाई प्रभावकारी रूपमा नाकाबन्दी गरेको छ, जहाँ उसले गैर–शत्रुतापूर्ण जहाजहरूलाई मात्र आवतजावत गर्न दिएको छ। यस समुद्री दबाब र ऊर्जा पूर्वाधारमा भएको क्षतिले तेलको मूल्य बढाएको छ ।

स्पष्ट निकास छैन

युद्ध अन्त्य गर्न अमेरिकाले इरानलाई एक महिनाको युद्धविरामका लागि १५ बुँदे प्रस्ताव दिएको थियो तर इरानले अस्वीकार गरेको छ । उसले यसलाई अत्यधिक र यथार्थसँग असम्बन्धित भन्दै टिप्पणी गरेको छ ।

विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय दबाबले छोटो समयका लागि युद्धविराम गराउन सक्छ, तर दीर्घकालीन समाधान अझ टाढा देखिन्छ।

उनीहरू सम्भावित युद्धविराम केवल रणनीतिक विश्राम हुने र दीर्घकालीन समाधान नदिने बताउँछन् ।

विश्लेषकहरूका अनुसार अमेरिका र इजरायलद्वारा अन्तर्राष्ट्रिय कानुनको अवहेलना भइरहेको धारणा बढ्दै जाँदा विश्व व्यवस्था कमजोर हुँदै गएको छ।

युद्ध जारी रहे पनि केही आशाका संकेत छन्। चीन जस्ता देशहरूले शान्ति र संवादको आह्वान गरिरहेका छन्।

विश्लेषकहरू दीर्घकालीन शान्तिका लागि बहुपक्षीय सहकार्य, संवाद र अन्तर्राष्ट्रिय नियमहरूको सम्मान अनिवार्य रहेको बताउँछन् ।