काठमाण्डु- पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका लेखकलाई आज अदालतमा उपस्थित गराइएको हो ।
शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो ।
गत भदौ २३–२४ गते जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो ।
सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत उपस्थित गराइँदै छ ।




प्रतिक्रिया