काठमाण्डु– गत २३ र २४ भदौको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुमा पुगेको छ ।
गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको उक्त प्रतिबेदा प्रहरी प्रधान कार्यालयबाट काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पुर्याइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पुगेको प्रतिबेदन आइतबार कार्यान्वयनका लागि प्रहरी परिसर काठमाण्डुमा पुर्याइएको हो ।
जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
थप मानिसलाई पक्राउको प्रक्रिया शुरू गरिने जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । सरकारले सुरक्षा संयन्त्रको हकमा थप अध्ययन गरेपछि कार्यान्वयनमा लैजाने भनेको छ ।




प्रतिक्रिया