काठमाण्डु– बालेन सरकार बनेपछिको पहिलो कारोबारमा सेयर बजारमा भारी पहिरो गएको छ । यसदिन नेप्से ७१ अंकले घटेर परिसुचक २८७९ मा झरेको हो । यसदिन १५ अर्बको कारोबार भएको छ ।
कारोबारमा आएका ९ कम्पनीको मूल्य बढेको छ भने २५६ कम्पनीको मूल्य घटेको छ । यस्तै १ कम्पनीको स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन रिडी हाइड्रोपावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, सिभम् सिमेन्ट र नेशनल हाइड्रो अगाडि रहे ।
आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, रिज हाइड्रो, सुर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, भुजुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो ।
यसदिन सबै सूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै बित्त र व्यापार सूचक ३ प्रतिशतले घटेका छन् ।




प्रतिक्रिया