काठमाण्डु– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।
आइतबार जिल्ला अदालत काठमाण्डुका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।
उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।
२३ गते भएको जेनजी आन्दोलन दमन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली सँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइएको थियो ।
ओली भने स्वास्थ्य अवस्थाका कारण अस्पतालमा रहेका उनलाई भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेसिङबाट उपस्थित गराइएको थियो ।




प्रतिक्रिया