काठमाण्डु – चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित नारायणी नदीबाट आईतबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका २ जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
भरतपुर महानगरपालिका–१६ शरणपुर घर भई बारघरेस्थित मुन लाइट बोडिङ स्कूलमा ७ कक्षामा पढ्ने १३–१४ वर्षका सनम रम्तेल र प्रशान्त क्षेत्री पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
बालकहरू डुबेर बेपत्ता भएका भनी वडा प्रहरी कार्यालयबाट नम्बर १७ गण चितवनमा खबर प्राप्त हुनासाथ गणबाट गोताखोरसहित विपद् व्यवास्थापन टोली खोजी कार्यको लागि खटिएको थियो । खोजी कार्य गर्ने क्रममा सशस्त्र प्रहरीले घटनास्थलको २० फिट गहिराइबाट दुवै जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।




प्रतिक्रिया