मुम्बईसँग कोलकाता ६ विकेटल पराजित, आज राजस्थान र चेन्नई खेल्दै

मुम्बईसँग कोलकाता ६ विकेटल पराजित, आज राजस्थान र चेन्नई खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले जित हात पारेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएरको थियो ।

मुम्बईको जितमा ओपनर रायन रिकल्टनले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे ।

रोहित शर्माले १४८ रनको शतकीय साझेदारी गरे । रोहितले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट भएका थिए ।

तिलक बर्मा २० तथा सुर्यकुमार यादव १६ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे ।

पहिलो खेलमा जितका साथ मुम्बई २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

शनिबारदेखि सुरु भएको आईपीएल क्रिकेटको पहिलो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले हैदरावादलाई हराउँदै विजयी शुरुवात गरेको थियो ।

आईपीएल क्रिकेटमा सोमबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे गुहवाटीमा हुनेछ ।