हिजो पक्राउ परेका पूर्वऊर्जामन्त्री खड्का अस्पताल भर्ना

हिजो पक्राउ परेका पूर्वऊर्जामन्त्री खड्का अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार प्रकाउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

खड्का आज सोमबार बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । उनलाई १०२९ बेड नम्बरमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

भदौ २४ गतेको जेनजी आन्दोलनका बेला उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न खड्कालाई नियन्त्रणमा लिइएको हो ।

आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।