काठमाण्डुका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाण्डुका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।

उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

जेनजी आन्दोलन हुँदा रिजाल काठमाण्डुका प्रमुख जिल्ला अधिकारी थिए।

गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

आयोगको प्रतिवेदनले उनलाई मुलुकी अपराध संहिताअनुसार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।