काठमाण्डु– संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक चैत १९ दिउँसो २ बजे बस्ने गरि बोलाइएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।
सोहि दिन प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बस्नुअघि सर्वदलीय बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।




प्रतिक्रिया