रवि लामिछाने र महन्थ ठाकुरबीच भेट, के भयो कुराकानी ?

रवि लामिछाने र महन्थ ठाकुरबीच भेट, के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य एवम् जसपा नेपालका नेता महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

ठाकुर मंगलबार बिहान लामिछानेलाई भेट्न उनकाे निवास बुढानीलकण्ठ पुगेका हुन्।

उनीहरुबिच वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको छ ।

पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।

यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभू साहले पनि सभापति लामिछानेसँग भेट गरेका छन् ।

साहले पार्टी र सभापतिलाई औपचारिक रूपमा बधाई ज्ञापनसमेत गरे ।

लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका छन् ।

देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसाथ गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।