२ दिनको भारी गिरावटपछि सम्हालीयो सेयर बजार,१९ अंकले बढ्यो

२ दिनको भारी गिरावटपछि सम्हालीयो सेयर बजार,१९ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार सेयर बजारमा उकालो लागेको छ । पछिल्लो २ कारोबारमा ११९ अंकको करेक्सन भएको बजार आज १९.७० अंकले बढेको हो । यो सँगै नेप्से परिसुचक २८५१ अंकमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम भने केहि घटेको छ । हिजो १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ११ करोडको कारोबार भयो ।

आज १९५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ९ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन रिडी पावर, अपी पावर, एनआरएन इन्फ्राइन्सटक्चर , एसवाइ प्यानल अगाडि छन् ।

आज रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसदिन म्युचल फण्ड र अन्य बाहेक सबै सूचक उकालो लागेका छन् ।