काठमाण्डु – राजनीतिक पहुँचको लाभ लिँदै सम्पत्ति बढाएको आरोप लागेका व्यवसायी दिपक भट्टमाथि सरकारले ‘एक्सन’ थालेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा छानबिन र कारवाहीका लागि सरकारले उनको राहदानी (पासपोर्ट) रोक्का गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको अध्यागमन विभागले जनाएको छ । उनीमाथि राजनीतिक पहुँचको दुरुपयोग गर्दै गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ । विभागले बैंकिङ र बिमा सम्बन्धी कसूर, राजस्व छली, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी जस्ता कार्यमा अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
विभागले भट्टका नातेदारहरू श्रीमती आयुस्मा नेपाल, सासु अन्जना नेपाल लगायतको सम्पत्तिमाथि समेत छानबिन गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया