विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने

विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आईजीपी राजु अर्यालसँग छलफल गरेका छन् ।

सो क्रममा बालबालिकालाई सानै उमेरदेखि नै जीवन उपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गरिएको छ ।

यसका लागि सशस्त्र प्रहरी बल (एपीएफ) लाई आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिइएको छ । गुरुङले शिक्षा मन्त्रालयसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्ने योजना अघि सारेका छन् ।

बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानसहित आपतकालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित निकायहरूबिच आवश्यक सहकार्य गरी परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ ।