काठमाण्डु – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा मंगलबार पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाण्डुका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले उनलाई मंगलबारै हाजिर जमानीमा रिहा गरेको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेर परिसरमा पठाएको थियो ।
प्रहरीले रिजाललाई झिकाएको समयमा उपस्थित हुने गरी हाजिरी जमानीमा रिहा गरेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक हिरासतमै राखिएका छन् ।




प्रतिक्रिया