काठमाण्डु– काठमाण्डुको बालाजुस्थित बाइसधारामा आज परम्परागत मेला लागेको छ ।
प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् ।

बाइसधारामा स्नान गरेमा मुक्तिनाथ मन्दिर तथा गोसाईंकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने मान्यता रहेको छ ।
यसै विश्वासका कारण आज बिहानैदेखि श्रद्धालुहरू बाइसधारामा स्नान गर्न पुगेका छन् ।











प्रतिक्रिया