नवनिर्वाचित सभामुख अर्यालद्वारा पदबहाली

नवनिर्वाचित सभामुख अर्यालद्वारा पदबहाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहाली गरेका छन् ।

आईतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रस्तावमा प्रतिनिधिसभाले उनलाई सभामुख निर्वाचित गरेको थियो ।

आईतबार शपथ ग्रहणपछि उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत अधिकारीहरूले स्वागत गरेका छन् ।