काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान पूरा नभएकाले थप हिरासतमा राख्न अनुमति मागिएको थियो । चैत १५ गते पक्राउ परेका उनलाई आईतबार दोस्रोपटक म्याद थप गरिएको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले ७ हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
जेनजी आन्दोलनका बेला खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया