एमाले सांसद रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश

एमाले सांसद रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई हिरासतमुक्त गर्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ ।

बालश्रम शोषणको आरोपमा पक्राउ परेकी उनलाई हिरासतमुक्त गर्न काठमाण्डु जिल्ला अदालतका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आदेश दिएको हो ।

सरकारी वकिल कार्यालयबाट यसअघि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय भइसकेकाले थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ काठमाण्डुमा मेयर हुँदा अनुगमनका क्रममा बालिकालाई कुटपिट र यातना दिएको आरोपमा काठमाण्डु महानगरपालिकाले उनीविरुद्ध उजुरी दिएको थियो ।