नवनियुक्त महान्यायाधिवक्ता कडेलद्वारा कार्यालयमा पदबहाली

नवनियुक्त महान्यायाधिवक्ता कडेलद्वारा कार्यालयमा पदबहाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आईतबारै पदबहाली गरेका छन् ।

आईतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट उनले शपथ ग्रहण गरेपछि पदबहाली गर्दै नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।

कडेलले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालयको प्रभुत्वसँग काम गर्ने अवसरको लागि सौभाग्य सम्झेको छु । हामी यो प्रभुत्व वर्गसँग मिलेर काम गर्दाखेरी नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान गर्न सकिन्छ भन्ने मलाई विश्वास लागेको छ ।’

संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र रही नेपाल सरकारलाई उपयुक्त कानुनी राय–सल्लाह प्रदान गर्ने र अभियोजन कार्यलाई वस्तुनिष्ठ तथा प्रभावकारी बनाउने उनले बताए ।

नेपाल सरकार विरुद्धका मुद्दाहरूमा पनि प्रभावकारी प्रतिरक्षा गरिने उनको भनाइ छ । ‘नेपाल सरकारलाई संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र रहेर उपयुक्त राय सल्लाह दिने काम गर्छौं र मेरो कार्यकालमा पनि त्यहीँ हुनेछ । हामीले फौजकारी कसुरमा अभियोग गर्नेक्रममा हामीले वस्तुनिष्ट भएर प्रभावकारी रूपमा अभियोजन गर्छौँ । नेपाल सरकारविरुद्ध लगाएका मुद्धाहरू पनि प्रभावकारी रूपमा प्रतिरक्षा गर्छौँ,’ उनले भने ।

प्रधानमन्त्री बालेन्द्र शाह आईतबार नै अधिवक्ता कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । बेलायतबाट उच्च शिक्षा हासिल गरेका कडेल नेपाल सरकारका प्रमुख कानुनी सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।