काठमाण्डु – नेपाली सेनाले दुई जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहायकरथी पदमबहादुर बुढा र पवन खत्रीलाई रिक्त उपरथी पदमा बढुवा गरेको हो ।
सहायक रथी बुढा तालिम निर्देशनालयमा र खत्री सुदूरपश्चिम पृतनामा कार्यरत थिए।
उपरथी सुनिल श्रेष्ठ र विष्णु राउत अवकास भएपछि दुई जना उपरथी पद रिक्त भएको थियो। दर्ज्यानी चिन्ह प्रदान गरेसँगै उपरथी बुढा र खत्रीले जिम्मेवारी सम्हाल्नेछन्।




प्रतिक्रिया