अर्थमन्त्री वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान अर्थ मन्त्रालयमा उनीहरुबीच आधा घण्टा छलफल भएको हो । छलफलमा स्टक ब्रोकर एशोसिएसनका तर्फबाट पूर्वअध्यक्ष प्रियराज रेग्मी, महासचिव भक्तिराम घिमिरे लगायत उपस्थित थिए ।

नयाँ सरकार गठन भएपछि सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेका बेला उनीहरुको यस भेटवार्तालाई उपलब्दिमूलक मानिएको छ ।

सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको सेयर बजार नयाँ सरकार गठन भएपछि (आइतबारसम्म) बजार २८४ अंकले घटेर २६७६ मा झरेको छ ।

नयाँ सरकारले व्यवसायीमाथि धरपकड सुरु गरेसँगै लगानीकर्ता डराएको विज्ञहरु बताउँछन् । सरकाले आफ्नो धारणा सार्वजनिक गरिदिए मात्र बजारले उकालो यात्रा तय गर्ने लगानीकर्ताहरु बताउछन् ।