काठमाण्डु– राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित घोषणा गरेको हो।
बैठकमा सांसद प्रेमप्रसाद दंगालले राखेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका थिए।
संविधान सभा सदस्यसमेत रहेकी भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्रीको जिम्मेवारी समेत सम्हाली सकेकी छन्।




प्रतिक्रिया