काठमाण्डु– बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरूको मर्यादाक्रम हेरफेर भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मर्यादाक्रम हेरफेर गरेका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
यसअघि तेस्रो वरीयतामा रहेका सुधन गुरुङ पाँचौ स्थानमा झरेका छन् भने तेस्रो र चौथोमा क्रमश: परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन् ।





प्रतिक्रिया