चिनियाँ राजदूत माओमिङ र परराष्ट्र मन्त्री शिशिर खनालबीच भेटवार्ता

चिनियाँ राजदूत माओमिङ र परराष्ट्र मन्त्री शिशिर खनालबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ। राजदूत झाङले परराष्ट्र मन्त्रालय पुगेर भेट गरेका हुन्।

भेटका क्रममा दुई देशबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विविध पक्षमा छलफल भएको पराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री खनालले नेपालको आर्थिक र सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

राजदूत माओमिङले पनि आफ्नो कार्यकालमा नेपाल(चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास दिलाए।
यसअघि मन्त्री खनालसँग भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेटवार्ता गरेका थिए ।