काठमाण्डु – प्रधानमन्त्री बालेन शाह र नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूबीचको सामूहिक भेटवार्ता सकिएको छ ।
भेटवार्ता बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी थिए ।
देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा प्रधानमन्त्री शाहले राजदूतहरूलाई नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले राजदूतहरूलाई सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने बताएका छन् ।
सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए ।




प्रतिक्रिया