उपसभामुख निर्वाचनको मनोनयन आज (तालिकासहित)

उपसभामुख निर्वाचनको मनोनयन आज (तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपसभामुख पदको निर्वाचनका लागि बिहीबार मनोनयन हुँदैछ । निर्वाचन शुक्रबारका लागि तोकिएको छ ।

संसद् सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। बिहीबार दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गरिने छ। शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सांसदसहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहज एकल बहुमतमा छ। सदनमा कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद छन्।

रास्वपा आफैँ बहुमतमा रहेकाले उसले जसलाई समर्थन गर्छ, उही उपसभामुख हुने निश्चित छ। उपसभामुख पदका लागि श्रम संस्कृति र राप्रपाको बलियो दाबेदारी रहेको छ।