काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले उपसभामुखका लागि निर्वाचन हुने बताएका छन् ।
उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै उपसभामुखका लागि निर्वाचनमा जाने बताएका हुन् ।
उनले उपसभामुखका लागि बार्गेनिङ नगर्न भनेका छन् । ‘उपसभामुखको चुनाव हुनेछ । छलफल गर्नुस्, बार्गेनिङ होइन’ उनले लेखेका छन् ।
उपसभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन भने शुक्रबार हुनेछ।




प्रतिक्रिया