पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा नेकपाका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अन्सन्धान आयोगले बिहीबार पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा महरा, छोरा राहुलसहित २८ जना र एक कम्पनीलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएकाे छ ।

भन्सारले २०७९ मा भेपको आवरणमा सुन भित्राउन खोज्ने चिनियाँ गिरोहलाईपक्राउ गरेको थियो । अनुसन्धानमा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।

महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध रहेको र कारोबार गरेको खुलेको छ ।

अख्तियारले उनीमाथि करिब ७ करोड रुपैयाँ बिगो माग दावि गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।