काठमाण्डु– बिहीबार सेयर बजार ४८ अंकले बढेको छ । बजार बढेसँगै नेप्से २८५१ अंकमा पुगेको छ । यसदिन कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो ।
कारोबारमा आएका २५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने एकको स्थिर रह्यो ।
करोबार रकमका आधारमा यसदिन नेसनल हाइड्रोपावर, रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानल छन् ।
रिलायन्स स्पिनिङ मिल्स, आत्मनिर्भर लघुवित्त, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, हिमस्टार ऊर्जाको मूल्य १० प्रतिशत बढ्यो ।
सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । बैंकिङ समूह १.२४, विकास बैंक ०.७८, फाइनान्स १.४७, होटल तथा पर्यटन २.३९, हाइड्रोपावर २.७०, लगानी १.००, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन २.५८, माइक्रोफाइनान्स १.२०, निर्जीवन बीमा १.०० तथा व्यापार समूह ०.६२ प्रतिशत बढे ।




प्रतिक्रिया