उपसभामुख निर्वाचन आज, रुवी ठाकुरको जित निश्चित

उपसभामुख निर्वाचन आज, रुवी ठाकुरको जित निश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्को उपसभामुख पदको निर्वाचन शुक्रबार हुदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको निर्वाचन हुनेछ ।

उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला छन् ।

त्यस्तै, लामाको प्रस्तावक राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही र सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरी समर्थक छन् ।

प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले रास्वपाको समर्थन ठाकुरले पाए भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ