काठमाण्डु– सर्वोच्च अदालतले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका लागि संयुक्त भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।
सर्वोच्चले नयाँ भवनको गुरुयोजना अनुसार दुई बार इकाइको भवन संयुक्त रुपमा बनाउन एक रोपनी आठ आना जग्गाको भागाधिकार दिने निर्णय गरेको हो।
सर्वोच्चले २०८० सालमा नै बारलाई जग्गा दिने निर्णय भए पनि २०८२ भदौ २४ गते सर्वोच्चको मूल भवनसँगै रहेको प्रिफ्याब संरचनामा भएको आगजनी, तोडफोड र लुटपाटका कारण जग्गाको स्वरूप परिवर्तन गरेको छ।
सर्वोच्चले सर्वोच्च अदालत बार एशोसिएशनका लागि उत्तरतर्फको १२ आना र नेपाल बार एशोसिएशनस् दक्षिणतर्फको १२ आना जग्गाको भोगाधिकार दिने निर्णय गरेको हो।
सर्वोच्च अदालतका सह रजिष्ट्रार टगेन्द्र कडेलका अनुसार संयुक्त भवन निर्माणका लागि आवश्यक पर्ने नक्सा पास लगायतका प्राविधिक कार्यमा सर्वोच्च अदालतले समन्वय र सहजीकरण गर्नेछ।




प्रतिक्रिया