परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मोरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा.एस. जयशंकरबिच भेटवार्ता भएको छ।

९ औँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुइस पगेका परराष्ट्रमन्त्री खनाल र जयशंकरबिच शुक्रबार भेटवार्ता भएको हो ।

उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटका क्रममा दुई नेताले नेपाल र भारतबिचको लामो समयदेखिको बहुआयामिक सम्बन्धको समीक्षा गरेका छन्।

वार्ताका क्रममा दुवै पक्षबीच आपसी हितका विविध विषयमा रचनात्मक र भविष्यमुखी छलफल भएको जनाइएको छ।