काठमाण्डु– नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद बासना थापाले रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएकी हुन् ।
उनले उपसभामुखले संसदीय प्रणालीको काम कारवाहीमा कुनै पनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरिन् ।
उनले भनिन्,‘उपसभामुख श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्न यस रोष्टममा उभिएको छु । संसदीय प्रणालीको काम कारवाही कुनैपनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’
त्यस्तै उनले सरकार, सभामुख र अब निर्वाचित हुने उपसभामुखलाई नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्ने उनले बताइन् । तर यदी सरकारले संविधानविपरीत कुनै कर्म गरेको खण्डमा भने बलियो प्रतिपक्षको रुपमा सदनमा उभिने धारणा राखिन् ।
‘सरकार, सभामुख र अब निर्वाचित हुने उपसभामुखलाई नेपाली कांग्रेसले प्रतिपक्षमारही रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्नेछ । संविधानको रक्षा र मुलुकको निर्माणको पक्षमा हामी सँधै सरकारसँग छौं । तर यदी संविधानविपरीत कुनै कर्म हुन्छ भने बलियो प्रतिपक्षको रुपमा सदनमा उभिने छौं ।’




प्रतिक्रिया