प्रतिनिधिसभाका १० विषयगत समिति गठन, यस्तो छ सदस्यहरूको नामावली

प्रतिनिधिसभाका १० विषयगत समिति गठन, यस्तो छ सदस्यहरूको नामावली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाका १० समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त समिति गठन गरेका हुन् ।

उनले गरेको प्रस्ताव प्रतिनिधिसभा वैठकले पारित गरेको छ ।

सभाले अनुमोदन गरेका समितिमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति रहेका छन् ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति छन् ।