नवनियुक्त २ मन्त्री र उपसभामुखले लिए शपथ

नवनियुक्त २ मन्त्री र उपसभामुखले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आजै रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई उद्योगमन्त्री नियुक्त गरेका थिए ।

शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिले उनीहरुलाई शपथ खुवाएका हुन् ।

यस्तै नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् ।शुक्रबार उपसभामुखमा निर्वाचित उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाएका हुन् ।