ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा, आज शल्यक्रिया गरिँदै

ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा, आज शल्यक्रिया गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया हुने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको शल्यक्रिया हुन लागेको हो ।

पूर्वतयारी अनुसार नै डा पलेस्वाँ जोशी नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गर्न लागेको हो। ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो ।

जेन–जी आन्दोलनका क्रममा मारिएकाहरुको हत्यामा संलग्न रहेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओलीलाई १४ चैतमा प्रहरीले गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि पक्राउ परेकै दिन काठमाण्डु प्रहरी परिसरबाट ओलीलाई शिक्षण अस्पताल लगिएको थियो ।

पत्नी राधिका शाक्यले गैरकानुनी रुपमा पक्राउ गरी गैरन्यायिक हिरासतमा राखिएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २३ चैतमा २६ चैतभित्र अनुसन्धान सकेर मुद्धा दर्ता गर्न वा रिहा गर्न आदेश दिएकाे थियाे ।

त्यसयता ओली शल्यक्रियाका लागि अस्पतालमै छन् ।