बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री बालेन, के भयो कुराकानी ?

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री बालेन, के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सोमबार बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले बागमती प्रदेशबाट निर्वाचित सांसदहरूसँग प्रदेशको विकास र सरकारले गर्नसक्ने प्रयासबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री बनेयता उनले लगातार प्रदेशगत रूपमा सांसदहरूसँग छलफल गर्दै आएका छन् ।

सांसदहरूसँगको छलफलमा आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, तत्काल र दीर्घकालमा गर्न सकिने कामका विषयमा छलफल भएको जनाइएको छ ।