पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनायो ।

पोखराका लागि अर्र्जुन घर्तीले ४० रन जोडे । यस्तै महेदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१ र सकिब हसनले १४ रन जोड्दा धनञ्जय लक्षणले ११ रन जोडे । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि अनिल खरेलले ३, हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले समान एक–एक विकेट लिए ।