काठमाण्डु – गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
विष्णु भण्डारीको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत रहेको छ ।
दिवेश राईको एरेन्ज तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ । स्मारिका ढकाल र सुशान्त ढकालको अभिनय रहेको धोकाको निर्देशन केशवराज भट्टले गरेका हुन् ।
प्रेममा हुने धोका र त्यसपछि लिइने बदलाको कथालाई रोचक बनाउन स्मारिकालाई डबल रोलमा देखाइएको छ ।
सार्वजनिक गीतको भिडियो संगीतकार सरोज पोखरेलको अफिसियल च्यानल सरोज पोखरेलबाट बजारमा आएको छ । मोडल सुशान्तले यसअघि निधारैमा टिकी, दिलमाया, तिम्रो माया, एक चोटी त बोलीदेउ लगायत ४ दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् ।




प्रतिक्रिया