मोरङ – १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका–१ बानडाँडा बस्ने ४० वर्षीय दिनेश माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दिनेशले ती बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया