आईपीएल : चेन्नईको लगातार दोस्रो जीत, आज आरसीबी र लखनउ खेल्दै

आईपीएल : चेन्नईको लगातार दोस्रो जीत, आज आरसीबी र लखनउ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले हराएको छ ।

चेन्नईको यो लगातार दोस्रो जीत हो । गएराति भएको खेलमा टस जितेर कोलकाताले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाउँदै १९२ रन बनायो । जीतका लागि १९३ रनको लक्ष्य पाएको कोलकाताले ७ विकेट गुमाउँदै १६० रन मात्र बनायो ।

चेन्नईका स्पिनर नोअर अहमदले ३ विकेट लिए । पाँचौँ खेलमा दोस्रो जीतसँगै ४ अङ्कका साथ चेन्नई तालिकाको आठौँ स्थानमा छ । समान ५ खेलमा कोलकाता ४ खेलमा पराजित हुँदै १ अङ्कसहित तालिकाको पुछारमा छ ।

आईपीएल क्रिकेटमा बुधबार बेलुकी पौने ८ बजे बेङ्गलुरुमा आरसीबी र लखनउले खेल्दैछन् ।