आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ, को-को छन् टिममा ?

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ, को-को छन् टिममा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला खेलाडीको टोलीलाई विदाई गरेको हो ।

उक्त विदाई कार्यक्रमा कप्तान इन्दु बर्माले यसपटक लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको बताइन् । उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने पनि बताइन् ।

उनले भनिन्, ‘जति पनि हामी किक्रेट खेल्दै आयौं त्यसमा अब २०८३ सालमा अझैं राम्रो खेलेर जित हासिल गर्ने छौं । लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको छ । रणनीति अनुसार धेरै कुरा सुधार भएको छ, क्यानले पनि महिला क्रिकेटलाई धेरै सपोर्ट गरेको छ । यसपटक उपाधि जितेर नै फर्कने लक्ष्य लिएका छौं ।’

मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटक क्याम्प राम्रो भएको र अन्डर प्रेसरमा राम्रो प्रदर्शन गर्नु सबैभन्दा महत्वपूर्ण रहेको बताए ।अप्रिल १८ देखि मे १ सम्म हुने प्रतियोगितामा नेपाल, इटाली, रुवान्डा, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तो छ नेपाली टोली इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी, मनिषा उपाध्याय ।