काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी रहेको छ। विभिन्न समितिको सभापतिको उम्मेदवार चयन गर्न सिंहदबारस्थित संसदीय दल कार्यालयमा बैठक केहिबेर अघि सुरु भएको हो।
बैठकमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहसहित मन्त्रीहरू पनि सहभागी छन् ।

समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।
आजको बैठकमा संसदीय समितिका सभापतिहरू चयन गर्ने कार्यसूची छ। सभापति चयनका लागि भोलि शुक्रबार निर्वाचन हुने छ ।













प्रतिक्रिया