आईसीसी वुमन्स च्यालेन्ज ट्रफी : नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने

आईसीसी वुमन्स च्यालेन्ज ट्रफी : नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा नेपालले पहिलो खेल संयुक्त राज्य अमेरिकासँग खेल्ने भएको छ।

रुवान्डामा अप्रिल १८ देखि मे १ तारिखसम्म आयोजना हुने प्रतियोगितमा कुल ५ राष्ट्रले सहभागिता जनाउँदै छन्। डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा नेपाल र अमेरिकाबीच पहिलो खेल अप्रिल १८ मा हुनेछ।

नेपालले आफ्नो दोस्रो खेलमा इटालीको सामना गर्नेछ। सो खेल अप्रिल १९ मा हुनेछ। नेपाल र आयोजक राष्ट्र रुवान्डाबीच खेल अप्रिल २२ मा हुनेछ। नेपालले आफ्नो चौथो खेलमा भानुआटुसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले अप्रिल २६ मा अमेरिका, अप्रिल २८ मा रुवान्डा, अप्रिल ३० मा भानुआटु र मे १ मा इटालीसँग खेल्नेछ। नेपाली टोली उपाधि जित्ने लक्ष्य सहित सो प्रतियोगितामा खेल्दैछ।