कांग्रेस विवादको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दै

कांग्रेस विवादको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दामा बिहीबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको थियो ।

बिहीबार भएको सुनुवाइका क्रममा रिट निवेदक अर्थात् शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीहरू र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले आफ्नो बहस पूर्ण गरेका छन् । मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै इजलासले बाँकी बहसका लागि शुक्रबारको समय तोकेको छ ।

शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीका पक्षबाट कानून व्यवसायीहरूले बहस गर्ने कार्यतालिका रहेको छ । त्यसपछि निवेदक पक्षले जवाफी बहस गर्नेछ ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको थियो । सोही मुद्दा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको र नयाँ सदस्यता खुला गरिएको भन्दै तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका थिए । हाल यी दुवै विवादलाई सँगै राखेर विवादको सुनुवाइ भइरहेको छ ।